+
+
Shares

एमालेले भन्यो- दलहरूलाई इन्कार गर्ने बाटोमा नजानू, पार लाग्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:३८

२४ असोज, काठमाडौं । नेकपा एमालेले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान वर्तमान सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।

‘इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजानुहोला । त्यो पार लाग्ने बाटो पनि होइन । त्यसले हामीलाई कहीँ पुर्‍याउँदा पनि पुर्‍याउँदैन,’ ज्ञवालीले भने ।

उनले आफूहरू मित्रवत् हिसाबले अघि बढ्ने पनि जिकिर गरे ।

पार्टीको महाधिवेशनबारे भोलिसम्म बैठक सकेर छलफल गर्ने पनि बताए । ‘सरकार दलहरूलाई साथ लिने भन्दा पनि निषेधको बाटोमा हिँडिरहेको छ,’ ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?