+
+
Shares

चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते ८:२३

२५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।

ट्रुथ सोसलमा स्टाटस लेखेर ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय नोभेम्बर महिनाको एक तारिखदेखि लागु हुने छ ।

यो निर्णय लागु गरेर अमेरिकाले अत्यावश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रित गर्ने ट्रम्पले उल्लेख गरेका छन् ।

यसै हप्ता चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको बताइएको छ ।

चीनले दुर्लभ खनिज ‘रेयर अर्थ’ खनिजको निर्यातमा कडाइ गरेपछि ट्रम्पले गत शुक्रबार चीनले ‘शत्रुतापूर्ण रवैया’ अपनाएको र विश्वलाई ‘आफ्नो वशमा राख्ने कोसिस’ गरेको भनेर आलोचना गरेका थिए ।

विश्वको लगभग ९० प्रतिशत रेयर अर्थ मिनरल्सको प्रशोधन चीनमा हुन्छ । त्यसको प्रयोग सोलार प्यानलदेखि लिएर स्मार्टफोनसम्ममा हुन्छ ।

रेयर अर्थ मिनरल्स १७ मेटालिक तत्वको समूह हो, जुन कयौं आधुनिक उत्पादनका लागि अनिवार्य मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?