+
+
Shares

राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १२:१४
छलफलमा सहभागी हुन नपाएका जेनजी प्रतिनिधिहरु । उनीहरुले बाहिरै नाराबाजी पनि गरेका थिए ।

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको हो ।

छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल जारी राखेका छन् ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीत लनिवास बोलाइएको थियो । शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?