+
+
Shares

पुरुषोत्तम यादवलाई प्रश्न : किन वार्ता बहिष्कार गरेको ?

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज २५ गते १९:३७

२५ असोज, काठमाडौं । राष्ट्रपति कार्यालय शीलत निवासमा जेनजी प्रतिनिधिसहित प्रधानमन्त्री, मन्त्रीबीच केहीबेर छलफल भयो । र, वार्ता सोमबारका लागि सारियो । यसरी एउटा समूहभित्र छलफल गरिरहँदा अर्को समूह बाहिर थियो ।

कतिपय नाराबाजी गरिरहेका थिए भने कतिपयले असन्तुष्टि जनाइरहेको थिए । यसरी वार्तामा सहभागी नहुने जेनजी अगुवा पुरुषोत्तम यादव पनि थिए । तर, उनको नाम वार्ता टोलीभित्र समावेश थियो । यद्यपि उनी किन त्यहाँ गएनन् ? हामीले यो प्रश्न यादवलाई सोधेका छौं –

तपाईंको नाम वार्ता टोलीमा थियो, किन जानुभएन ?

हो, मेरो नाम वार्ता टोलीको सूचीमा थियो, तर गइनँ । मैले बहिष्कार गरेको हो । किनभने, हाम्रा सातै प्रदेशका प्रतिनिधिहरूलाई छिर्न दिइएन । संयोजकको नाममा एकजना सुदन गुरुङ छिर्नुभयो, अरु सबै प्रदेशका साथीहरू बाहिर नै रहनुभयो । अनि म एक्लै कसरी जाऊँ ? हामी सर्वसाधारण हौं, देशको भलोका लागि लडिरहेका । सातै प्रदेशको प्रतिनिधित्व नभएपछि मैले बहिष्कार गरें ।

तपाईंलाई छिर्न नदिएको भन्ने समाचार साँचो होइन ?

त्यो गलत हो । मैले छिर्न नपाएको होइन, आफैं बहिष्कार गरेको हुँ । मेरो नाम त सूचीमा थियो, तर मेरो मात्र भन्दा पनि टिमको कुरा हो । सातै प्रदेशका साथीहरू छिर्न पाएनन्, उनीहरुमाथि धोका दिइयो । त्यसैले म गइनँ ।

तपाईंको नाम कसरी सूचीमा पर्‍यो, अनि अरूको किन छुट्यो ?

त्यो मलाई थाहा छैन, कसरी मेरो नाम टिपियो । यो मिस्टेक हुनसक्छ । नाम कताबाट कसले कसरी टिपाएको हो, म जान्दिनँ । तर कुरा मेरो नामको होइन, समग्र टिमको हो । यो कुरा करेक्सन गर्नुपर्छ ।

संयोजक गएपछि तपाईंहरुको प्रतिनिधित्व भयो होला नि ?  कि विश्वास छैन आफ्नै संयोजकको ?

यसबारे प्रदेश संयोजकहरुलाई नै सोध्नुहोस् । तर उहाँहरुले आफूहरुलाई धोका भएको बताएपछि मैले समर्थन जनाएर बहिष्कार गरेको हो ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?