+
+
Shares

चुनावमा सक्रिय सहभागीताका लागि जेनजीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १५:५४

२५ असोज, काठमाडौं । जेनजी विद्रोहले सबै राजनीतिक दललाई आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिताको लागि आह्वान गरेको छ ।

विद्रोहको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । सोही म्यान्डेटले प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति तोकिएको छ । त्यसैले निर्वाचन प्रक्रियामा सहभागी हुन जेनजी विद्रोहले आग्रह गरेको हो ।

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन र कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा जेनजीले स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि सरकार र आयोगमाथि भरोसा राख्दै दलहरूलाई जनताको म्यान्डेटअनुसार चुनावमा भाग लिन चुनौती दिएको छ ।

विगतमा संसद् र सरकारले जनताको विश्वास गुमाएको, युवा पुस्ताको परिवर्तनको माग बेवास्ता गरेको भन्दै विद्रोहले यस्ता प्रवृत्तिलाई खारेज गरेको ठहर गरेको छ ।

‘हामी कुनै दलविरुद्ध होइनौं, जनताको आवाज दबाउने प्रवृत्तिविरुद्ध लड्छौं,’ जेनजीको विद्रोहको विज्ञपतिमा उल्लेख छ ।

दलहरूलाई वैचारिक प्रतिस्पर्धा र जनसेवामा फर्कन आग्रह गर्दै निर्वाचनलाई जनताको विश्वास जित्ने अवसरका रूपमा लिन भनिएको छ ।

यदि दलहरूले यो म्यान्डेट अस्वीकार गरे वा परिवर्तनको बाटो रोके देश अस्थिरता र मुठभेडतर्फ धकेलिने चेतावनी दिँदै त्यसतर्फ सजग रहन जेनजी विद्रोहले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?