+
+
Shares

राजावादी जेनजी एलाइन्सको आरोप- राष्ट्रपति र प्रधानमन्त्रीले वास्तविक जेनजीसँग संवाद गरेनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १८:४०

२५ असोज, काठमाडौं । राजसंस्थाको वकालत गर्ने जेनजी एलायन्सले समाजका विभिन्न पक्षले आफूहरूलाई निषेधको व्यवहार गरेको आरोप लगाएको छ । पत्रकार, राजनीति शास्त्री, विश्लेषक, विचारकहरूको व्यवहारबाट आजित भएको जनाएको छ ।

राजावादी जेनजी एलायन्सले राष्ट्रपति र प्रधानमन्त्रीले जेन जी समूहका व्यक्तिहरूसँग वार्ता आफूहरूलाई छुटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

चेतावनीको शैलीमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भनिएको छ, ‘तपाईंहरू जेनजीसँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ता र विदेशी एजेन्टहरूसँग छलफल गरिरहनु भएको छ । यसको परिणाम राम्रो हुने छैन ।’

जेनजी भनी मिडियामा आएका व्यक्तिहरू भ्रष्ट व्यवस्थाका समर्थक भएको आरोप लगाइएको छ । वास्तविक जेनजी राजसंस्था पक्षधर मात्रै भएको उक्त एलायन्सको दाबी छ ।

जेनजी एलायन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिबार वक्तव्य निकालेर  राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी भनी एकपक्षीय वार्ता र संवाद गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?