+
+
Shares

मकवानपुरमा घर जल्यो, २६ लाख बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ७:१८

२६ असोज, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-५ श्रीपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

शनिवार साँझ करिब साढे ६ बजे मिनेटको समयमा आगलागी हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एक तले घर जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

आगलागी हुँदा घरमा भएको खाद्यान्न, लत्ताकपडा, नगद गरी करिब २६ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?