News Summary
Generated by OK AI. Editorially reviewed.- कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदकधारी केन्याका जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा नेपालगन्ज आएका छन्।
- असोज २८ गते गौघाट ग्रीन रनमा छात्रछात्रा र खुल्ला विधामा चार प्रतिस्पर्धा हुने र एक सय जनाले भाग लिनेछन्।
- धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण मंसिर ६ गते हुनेछ र यसका लागि वर्ल्ड क्लास रनिङ इभेन्टसँग औपचारिक सम्झौता भएको छ।
२६ असोज, काठमाडौं । विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदकधारी केन्याका जोन केलाई नेपालगन्ज आइपुगेका छन् । धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगन्ज आएका हुन् ।
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरे ।
धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा अतिथि धावकका रुपमा सहभागी हुन उनी नेपालगन्ज आएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । धावक केलाईले स्कुले धावकहरुलाई हौसला बढाउन सँगसँगै दौडनेछन् ।
धावक केलाई सन् २००३ देखि २०१० सम्म विश्वप्रतिष्ठित मुम्बई म्याराथन(भारत), इन्सेद म्याराथन(नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा), सिंगापुर म्याराथन, ब्रसेल्स म्याराथन (बेल्जियम)का विजेता हुन् । उनलाई म्याराथनको विज्ञ मानिन्छ ।
बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावका बारेमा ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिक रहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रीन रन गत बर्षदेखि खजुराको सितापुरमा सुरु गरिएको हो ।
असोज २८ गते मंगलवार बिहान ७ बजे हुने गौघाट ग्रीन रनमा खजुरा पालिका अन्तर्गतका विद्यालयबाट छात्र एवं छात्रा तथा खुल्ला छात्र छात्रा गरी चार विधामा स्पर्धा हुनेछ । ग्रीन अवधारणामा हुने नेपालमै सम्भवतः यो दौड नै हो । यसपटक एक सय जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले बताए । गतवर्ष ४२ जनाले भाग लिएका थिए ।
ग्रीन रनमा ऐक्यवद्धता जनाउन मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान समेत सहभागी हुने आयोजकले जनाएको छ । मिस नेपाल श्रृच्छाको अध्ययन र रूचिको विषयमा भएको हुँदा ग्रीन रनसँग जोडिएको एम्स दुत धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । धावक जोन र मिस नेपाल श्रृच्छासँग सोमवार जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाको भेट गराइने आयोजकले जानकारी दिएको छ ।
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ । यसपटक धारा नेपालगन्ज म्याराथनमा प्रदर्शनका आधारमा खेलाडी तथा अन्य भुमिकामा रहेका व्यक्तित्वलाई विभिन्न अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी गरिएको छ ।
यसका लागि वर्ल्ड क्लास रनिङ इभेन्ट बाङ्सेन रनिङ सिरिज(थाइल्याण्ड)सँग औपचारिक सम्झौता समेत भएको छ । साथै अन्य म्याराथन आयोजकसँग यस्तै सहकार्यको तयारी अघि बढाइएको एम्स दुत ठकुरीले बताए ।
प्रतिक्रिया 4