+
+
Shares

सेयर बजारमा भारी गिरावट, बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा आइतबार नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३ अंकमा झरेको छ।
  • कारोबार रकम बढेर ६ अर्ब ७० करोड पुगेको छ, जुन अघिल्लो दिनको भन्दा बढी हो।
  • सबै सेक्टरका सूचक घटेका छन्, होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घटेको छ।

२६ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ ।

सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्‍यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।

९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो ।

बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटे ।

नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो ।

बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ९.१५, राधि विद्युतको ८.५०, सीईडीबी होल्डिङ्सको ८.४५ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ८.२७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?