+
+
Shares

सामाखुसीमा सडक कुकुरको हत्या, चार जनाविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको सामाखुसीमा सडक कुकुरलाई रड र ढुंगाले हानी हत्या गरिएको छ।
  • पशु अधिकारकर्मीले प्रहरीमा ४ जनाविरुद्ध उजुरी दर्ता गराएका छन्।

२६ असोज, काठमाडौं । काठमाडौंको सामाखुसीमा एक कुकुरको विभत्स तरिकाले हत्या गरिएको छ । टोखा नगरपालिका–११ सामाखुसीस्थित सुप्रिम कलेजनजिक शनिबार साँझ ६ बजेतरि एक सडक कुकुर मारिएको हो ।

सडक कुकुरलाई रड र ढुंगाले हानी हत्या गरिएपछि पशु अधिकारकर्मीले प्रहरीमा ४ जनावरिुद्ध उजुरी दिएका छन् ।

पशु अधिकारकर्मी इरफान खानसहित ६ जनाले आइतबार गोंगबु नयाँ बसपार्क प्रहरी प्रभागमा उजुरी दर्ता गराएका हुन् । खानले घटनाको सीसीटीभी फुटेज आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै तीन–चार अपरिचित युवाले सुतिरहेको कुकुरमाथि आक्रमण गरेको दाबी गरेको जानकारी दिएका छन् । उनका अनुसार कुकुरले एक जनालाई टोकेपछि रिसमा आएर रड र ढुंगाले हानेर हत्या गरिएको हो ।

प्रहरी प्रभाग गंगबु नयाँ बसपार्कका प्रहरी सहायक हवलदार भेषबहादुर सुनारले उजुरी दर्ता भएको जानकारी दिए ।  सीसीटीभी फुटेजका आधारमा अभियुक्तको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

नेपालको प्रचलित कानुनअनुसार पशुप्राणीमाथि क्रूर व्यवहार वा हत्या गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ ।

घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ, तर स्थानीयले अपराधीको पहिचानमा सहयोग नगरेको गुनासो पशु अधिकारकर्मीले गरेका छन् । एक महिलाले संलग्न दुई जनाको घर पहिचान गरेको भए पनि उनीहरू भेटिएका छैनन् । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?