+

एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपाल तयार

२०८२ असोज  २६ गते १७:३८ २०८२ असोज २६ गते १७:३८
एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपाल तयार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डमा सोमबारदेखि सुरु हुने एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपाली यू-१७ महिला टिम तयार रहेको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए।
  • नेपाल समूह एफमा तुर्कमिनेस्तान र थाइल्याण्डसँग खेल्नेछ र पहिलो खेल असोज २९ गते तुर्कमिनेस्तानसँग हुनेछ।
  • छनोटमा २७ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहको विजेता चीनमा हुने मुख्य प्रतियोगितामा छनोट हुनेछ।

२६ असोज, काठमाडौं । थाइल्याण्डमा सोमबारदेखि सुरु हुने एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपाली यू-१७ महिला टिम तयार रहेको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताएका छन् ।

आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा श्रेष्ठले नेपाली टोली तयार रहेको जानकारी दिएका हुन् । छनोटको समूह एफमा रहेको नेपालले तुर्कमिनेस्तान र थाइल्याण्डसँग खेल्नेछ ।

तीन टोली मात्र रहेको यस समूहमा नेपालले आफ्नो पहिलो खेल असोज २९ गते बुधबार तुर्किनेस्तानसँग खेल्नेछ भने दोस्रो खेल असोज ३१ गते शुक्रबार घरेलु टोली थाइल्याण्डसँग खेल्नेछ ।

नेपालका प्रशिक्षक श्रेष्ठले छनोटमा अट्याकिङ फुटबल खेल्ने भएका छन् । नेपालले यू-१७ महिला एसियन कप छनोट खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि नेपालले सन् २०१९ र २०२४ मा छनोट चरण खेलेपनि अन्तिम चरणमा पुग्न सकेको थिएन् ।

छनोटमा एसियाका २७ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । तीन समूहमा ४-४ तथा पाँच समूहमा ३-३ टोली छन् । हरेक समूहको विजेता अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यू-१७ महिला एसियन कपका लागि छनोट हुनेछ ।

सन् २०२४ मा भएको अघिल्लो संस्करणको विजेता उत्तर कोरिया, उपविजेता जापान र तेस्रो भएको दक्षिण कोरिया सिधै अर्को संस्करणका लागि छनोट भइसकेको छ । यस्तै आयोजकको हैसियतले चीन पनि स्वत: छनोट भइसकेको छ ।

एएफसी यू-१७ महिला एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय