
२६ असोज, काठमाडौं । भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ खटौतीस्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखेको बीआर ०१ जीबी ८६५३ को नम्बरको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको हो ।
ट्रकको क्याबिन पछाडिको ढालामा फल्स बटन बनाएर रातो प्लास्टिकले बेरेको अवस्थामा ३० पोकामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
ट्रकसँगै २ जना मानिसलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4