
२६ असोज, काठमाडौं । जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् ।
दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सीके राउत नेतृत्वको जनमतमा साह उपाध्यक्ष थिए । साह नेतृत्वको नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य लागेको बताइएको छ ।
‘५२ जना कार्यकारिणी रहेको जनमतबाट १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाइएको छ,’ एक नेताले भने, ‘आज निवेदन दिएका छौं । बाँकी प्रक्रियामा भइरहेको छ ।’
नयाँ पार्टीमा ई.सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साह लगायत लागेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले नेताहरुलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टिकरण सोध्ने र निकाला गर्ने गर्दै आएका थिए । निलम्बन र बर्खास्तमा परेकाहरु संगठित भएर नयाँ दल खोलेका हुन् ।
प्रतिक्रिया 4