+
+
Shares

आईपीयूको सम्मेलनमा जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १०:२२

२७ असोज, काठमाडौं । विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल सहभागी हुने भएका छन् ।

सम्मेलनमा भाग लिन दाहाल यही असोज ३१ गते जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् ।

यो विषयमा आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाएकी छन् ।

‘अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग राख्नुपर्छ’, प्रधानमन्त्रीको भनाइबारे अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?