+
+
Shares

मेवाको मूल्य बढ्यो, किवीको घट्यो

बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । आज नेपाली मेवाको मूल्य प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा नेपाली मेवाको मूल्य प्रतिकिलो थोकमा औसत ९ रुपैयाँले बढेर ७१ रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मेवा र किवीको मूल्यसूची निर्धारण गरेको छ।
  • सोमबार किवीको मूल्य प्रतिकिलो थोकमा औसत २१ रुपैयाँले घटेर २ सय ५५ रुपैयाँ कायम भएको छ।

२७ असोज, काठमाडौं । स्थानीय बजारमा मेवाको मूल्य बढ्दा किवीको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले मेवा र किवीको मूल्यमा घटबढ देखाएको हो ।

बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । आज नेपाली मेवाको मूल्य प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।

हिजो आइतबार बजारमा नेपाली मेवा प्रतिकिलो थोकमा न्यूनतम ५५ देखि अधिकतम ६५ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने मेवा न्यूनतम ६५ देखि अधिकतम ७५ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने प्रतिकिलो ७१ रुपैयाँ कायम छ ।

यस्तै आज सोमबार किवीको मूल्य प्रतिकिलो थोकमा औसत २१ रुपैयाँ घटेको छ ।

आज बजारमा किवी प्रतिकिलो थोकमा न्यूनतम २ सय ३० देखि ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै किवीको प्रतिकिलो औसत मूल्य भने २ सय ५५ रुपैयाँ कायम छ ।

हिजो आइतबार भने किवी प्रतिकिलो औसतमा २ सय ७६ रुपैयाँमा किनबेच भएको थियो ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?