
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २९ गते बुधबार बिहान साढे १० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय समितिको बैठक बोलाएको छ।
- प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्ने र स्थानीय तह तथा जिल्ला अधिवेशनको प्रगति समिक्षा गर्ने जानकारी दिए।
- बैठकमा सांगठनिक सुदृढीकरण र समसामयिक तथा पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो।
२७ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको जानकारी दिए ।
उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज २९ गते बुधबार बिहान साढे बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणाका साथै स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया 4