+
+
WC Series
Nepal
55/3 (8.5)
VS
Qatar
0/0
Shares

मोरङमा महिलाले संवेदशील अंगमा प्रहार गर्दा एक पुरुष घाइते, नोबेलमा उपचार हुँदै

प्रहरीका अनुसार धारिलो हतियारले  संवेदनशील अंगमा गम्भीर चोट लागेका कारण उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । संवेदनशील अंगमा धारिलो  हतियार प्रयोग गरेका कारण गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा महिलाले संवेदनशील अंगमा धारिलो हतियारले प्रहार गर्दा ३२ वर्षीय पुरुष घाइते भएका छन्।
  • घाइते पुरुषको नोबेल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ भने प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रहरीका अनुसार विवाहहेतर सम्बन्धका कारण घटना भएको देखिन्छ र अनुसन्धान जारी रहेको मोरङ प्रहरी प्रमुख कविता कटवालले बताउनुभयो।

२७ असाोज, विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा महिलाले  संवेदनशील अंगमा प्रहार गर्दा एक पुरुष घाइते भएका छन् । सोमबार बेलुका करिब ५ बजे महिला साथीलाई भेट्न गएका ३२ वर्षीय पुरुषको संवेदनशील अंगमा प्रहार गर्दा घाइते भएका हुन् ।

प्रहरीका अनुसार धारिलो हतियारले  संवेदनशील अंगमा गम्भीर चोट लागेका कारण उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । संवेदनशील अंगमा धारिलो  हतियार प्रयोग गरेका कारण गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ।

यता, धारिलो हतियार प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते पुरुषको उपचारका लागि नोबेल मेडिकल कलेज पुगेका आफन्तका अनुसार पनि पुरुषको संवेदनशील अंगमा गहिरो चोट छ ।

ती आफन्तका अनुसार घाइते पुरुषको घर जहदा गाउँपालिका– ३ मा पर्छ । सोही वडाकी महिला कटहरीको आदर्श टोलमा बस्दै आएकी थिइन्।

सोमबार बेलुका घाइते पुरुष ती महिलाको डेरामा गएका थिए । आफन्तको दाबी अनुसार महिलाले अरुको पनि सहयोग लिएर संवेदनशील अंगमा प्रहार गरेकी थिइन् ।  तर, प्रहरीले पुष्टि गरेको छैन ।

प्रहरी स्रोतका अनुसार विवाहहेतर सम्बन्धका कारण घटना भएको देखिन्छ । उनीहरूबीच के विषयमा विवाद थियो भन्ने खुलेको छैन।

घटनापछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटनापछि आरोपी महिला बेहोस भएकी थिइन्। उनलाई कोशी अस्पतालमा सामान्य उपचारपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरी प्रमुख कविता कटवालका अनुसार प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?