News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिपमा सहभागी हुने भएकी छन्।
- कामनाले माल्दिभ्सको नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गर्नेछिन् ।
- उषा भण्डारी पनि फरक क्लबबाट सोही प्रतियोगितामा सहभागी भएकी छन्।
२७ असोज, काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएकी छन्। उक्त प्रतियोगिता अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ।
कामनाले माल्दिभ्सको नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गर्नेछिन्। नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रदर्शन गर्दै आएकी विष्टको यो सहभागिता नेपाली भलिबलका लागि अर्को गौरवको क्षण बनेको छ।
यसैबीच, अर्की नेपाली राष्ट्रिय खेलाडी उषा भण्डारी पनि सोही प्रतियोगितामा फरक क्लबबाट प्रतिस्पर्धा गर्दैछिन्।
उनी हालसालै माल्दिभ्स पुगिसकेकी छन् भने कामना मंगलबारसम्म माल्दिभ्स प्रस्थान गर्ने छिन।
प्रतिक्रिया 4