News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघलाई फुटबलप्रति गुम्दै गएको विश्वास फर्काउने गरी काम गर्न सुझाव दिएको छ।
- संघले सहिद स्मारक ए डिभिजन लिग नहुँदा खेलाडी र समर्थक निराश भएको भन्दै तत्काल लिग सञ्चालनको माग गरेको छ।
- ए डिभिजन लिग अन्तिम पटक ८५० दिनभन्दा बढी समयअघि भएको र यसले सयौं खेलाडी विदेशिन बाध्य भएको संघले उल्लेख गरेको छ।
२८ असोज, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई फुटबलप्रति गुम्दै गएको विश्वास फर्काउने गरी काम गर्न सुझाव दिएको छ ।
संघले मंगलबार एक विज्ञप्ति जारी गरेर सहिद स्मारक ए डिभिजन लिग नहुँदा खेलाडी र समर्थक निराश भएको भन्दै तत्काल लिग सञ्चालनको माग समेत गरेको छ ।
घरेलु फुटबलप्रति एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै संघले यसअघि पनि पटक–पटक ध्यानाकर्षण पत्र बुझाए पनि एन्फा नेतृत्वले गम्भीरता नदेखाएको आरोप लगाएको छ।
ए डिभिजन लिग अन्तिम पटक आयोजित भएको ८५० दिनभन्दा बढी भइसकेको छ, जसका कारण सयौं खेलाडी रोजगारीका लागि विदेशिन बाध्य भएका छन्।
खेलाडी संघले क्लब र एन्फा बीचको दूरी बढाउने प्रयास भइरहेको भन्दै यसमा क्लबभन्दा बढी जिम्मेवार एन्फा नै भएको जनाएको छ।
फुटबल खेलाडी संघले खेल र खेलाडीलाई प्राथमिकता दिएर सहकार्यका प्रस्तावहरूमा सकारात्मक रहने बताएको छ। संघले लिग सुरु भए मात्र फुटबलप्रतिको गुमेको विश्वास फर्कन सक्ने आशा व्यक्त गरेको छ।
विज्ञप्ति:
प्रतिक्रिया 4