
२८ असोज, काठमाडौं । काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
साविक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।
भण्डारीले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टंगलाबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा भण्डारीले सेवाग्राहीसँग उक्त रकम लिएको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4