+
+
Shares

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत चेनसाँगबीच भेटवार्ता

बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:३२

२८ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेनसाँगबीच शिष्टाचार भेट भएको छ ।

गृह मन्त्रालयमा मंगलबार भएको भेटमा गृहमन्त्री अर्यालले ‘एक चीन नीति’ प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

उनले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने विश्वास दिलाए ।

मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाए ।

बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?