
News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकका सञ्चालक समिति अध्यक्ष सुदिप आचार्यले २८ असोज, काठमाडौंमा राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।
- सुदिप आचार्यलाई गत शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित गरी सोही दिन सञ्चालक समितिले अध्यक्षमा चयन गरेको थियो।
- साधारणसभाबाट संस्थापक समूहका चार र सर्वसाधारण समूहका तीन सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
२८ असोज, काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समिति अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
बैंकको गत शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सिना, विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।
बैंकको साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4