+
+
Shares

प्रतिनिधि सभा विघटनबारे सभामुखको कुरा सुनेपछि राय दिन्छौं : हितराज पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १७:१२

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटनबारे सभामुख देवराज घिमिरेको बुझाइ र तयारी बुझेपछि राय दिने बताएको छ ।

सभामुख घिमिरेले बुधबार प्रतिनिधि सभा विघटनबारे दलहरूसँग छलफल गर्दैछन् । विघटित प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरे छलफल गर्दैछन् ।

छलफलमा आउँदा दलहरूलाई पार्टीको आधिकारिक धारणा के हो आधिकारिक रूपमा ल्याउन भनिएको छ ।

दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको तयारी छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने पहिले सभामुखको बुझाइ र तयारी बुझ्ने जवाफ दिएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘सभामुखको कुरा के छ, उहाँको बुझाइ र तयारी बुझेपछि हाम्रो कुरा राख्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?