
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतले सन् २०२६ जनवरी ८ देखि आप्रवासीहरूका लागि अंग्रेजी भाषामा ‘ए–लेभल’ दक्षता अनिवार्य गर्ने नयाँ कडा भिसा नियम लागू गर्ने भएको छ।
- नयाँ नियमले ग्र्याजुएट आवेदनदातासँगै ‘स्किल्ड वर्कर’ र ‘स्केल–अप’ भिसाका लागि आवेदन गर्नेहरूलाई असर गर्नेछ।
- गृह मन्त्री शबना मेले भनेकी छिन्, 'यदि तपाईं यो देशमा आउनुहुन्छ भने तपाईंले हाम्रो भाषा सिक्नुपर्छ र समाजमा आफ्नो योगदान दिनुपर्छ ।'
२९ असोज, काठमाडौं । बेलायतले आफ्नो देश आउने आप्रवासीहरूका लागि केही नयाँ कडा भिसा नियमहरू लागू गर्ने भएको छ ।
बीबीसीका अनुसार, केही आप्रवासीहरूलाई देशमा प्रवेश पाउनका लागि अंग्रेजी भाषामा ‘ए–लेभल’ (उच्च माध्यमिक स्तर) को दक्षता अनिवार्य हुनेछ ।
भाषा लगायतका अरू प्रावधानहरूमा पनि बेलायतले कडाइ गर्न लागेको हो । यी नयाँ नियमहरू सन् २०२६ जनवरी ८ बाट लागू हुनेछन् । यसको असर केही ग्र्याजुएट आवेदनदातामा तथा ‘स्किल्ड वर्कर’ वा ‘स्केल–अप’ भिसाका लागि आवेदन गर्ने व्यक्तिहरूमा पर्ने जनाइएको छ ।
सरकारका अनुसार, यी नयाँ नियम आप्रवासन घटाउने व्यापक योजनाकै एक अंश हो । यसको विस्तृत रणनीति मे महिनामा सार्वजनिक गरिएको श्वेतपत्रमा प्रस्तुत गरिएको थियो ।
गृह मन्त्री शबना मे शबाना महमूदले भनेकी थिइन्, ‘यदि तपाईं यो देशमा आउनुहुन्छ भने तपाईंले हाम्रो भाषा सिक्नुपर्छ र समाजमा आफ्नो योगदान दिनुपर्छ ।’
उनले थपेकी थिइन्, ‘यो देश सधैं योगदान दिन आउने व्यक्तिहरूको स्वागत गर्दै आएको छ । तर आप्रवासीहरूले हाम्रो भाषा नसिकी यहाँ आउनु र राष्ट्रिय जीवनमा योगदान दिन असमर्थ हुनु स्वीकार्य छैन ।’
प्रतिक्रिया 4