
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ चार दिनका लागि खिच्ने भएको छ।
- बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ सिस्टममार्फत बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन्।
- बोलकबोलका आधारमा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब अधिक तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जम्मा ४ दिने अवधिको लागि सो रकम तान्न लागिएको हो । बुधबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सक्नेछन् ।
बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने यसमा बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी सबै रकमसम्म तोक्न सक्नेछन् ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4