News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले थाइल्यान्डमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा आज तुर्कमेनिस्तानसँग खेल्दैछ।
- नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले छनोटमा अट्याकिङ फुटबल खेल्ने बताएका छन्।
- समूह एफमा रहेको नेपालले थाइल्यान्डसँग पनि खेल्नेछ र समूह विजेताले चीनमा हुने प्रतियोगितामा स्थान पाउनेछ।
२९ असोज, काठमाडौं । थाइल्यान्डमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजेदेखि सुरु हुनेछ ।
नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले छनोटमा अट्याकिङ फुटबल खेल्ने बताएका छन् । नेपालले यू-१७ महिला एसियन कप छनोट खेल्न लागेको यो तेस्रो पटक हो ।
यसअघि नेपालले सन् २०१९ र २०२४ मा छनोट चरण खेलेपनि अन्तिम चरणमा पुग्न सकेको थिएन ।
छनोटको समूह एफमा रहेको नेपालले यसपछि घरेलु टोली थाइल्यान्डसँग खेल्नेछ ।
तीन टोली मात्र रहेको यस समूहबाट विजेता हुने टोलीले अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यू-१७ महिला एसियन कपका लागि छनोट हुनेछ ।
छनोटमा एसियाका २७ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । तीन समूहमा ४-४ तथा पाँच समूहमा ३-३ टोली छन् ।
प्रतिक्रिया 4