News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ का लागि आइभोरी कोस्ट, सेनेगल र दक्षिण अफ्रिकाले आफ्नो स्थान सुरक्षित गरेका छन्।
- सेनेगलले घरेलु मैदानमा माउरिसानियालाई ४-० ले हराउँदै समूह बी मा शीर्ष स्थान बनाएको छ।
- दक्षिण अफ्रिकाले रवाण्डालाई ३-० ले पराजित गर्दै समूह सी मा शीर्ष स्थान ओगटेको छ।
२९ असोज, काठमाडौं । फिफा विश्वकप अफ्रिकी छनोटको अन्तिम दिन आइभोरी कोस्ट, सेनेगल र दक्षिण अफ्रिकाले विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेका छन् ।
सेनेगलले घरेलु मैदानमा माउरिसानियालाई ४-० ले हराउँदै समूह बी मा शीर्ष स्थान बनायो। कंगोले सुडानलाई १-० ले हराउँदै प्लेअफको यात्रा सुनिश्चित गर्यो।
समूह सी मा दक्षिण अफ्रिकाले रवाण्डालाई ३-० ले पराजित गर्दै शीर्ष स्थान ओगट्यो, जबकि नाइजेरियाले बेनिनलाई ४-० ले हराउँदै दोस्रो स्थानमा रह्यो। मोरोक्कोले समूह ई मा कंगोलाई १-० ले पराजित गर्दै अग्रस्थानमा रह्यो।
समूह एफ मा आइभोरी कोस्टले केन्यालाई ३-० ले हराउँदै शीर्ष स्थान सुनिश्चित गर्यो। गाम्बियाले सेशेल्समाथि ७-० को शानदार जित दर्ता गर्यो । गाबोनले बुरुन्डीलाई २-० ले हराउँदै अफ्रिकी प्ले-अफको यात्रा सुनिश्चित गर्यो।
समूह जी मा गिनी र बोत्सवानाबीचको खेल २-२ को बराबरीमा सकियो। सोमालिया मोजाम्बिकसँग १-० ले पराजित हुँदा अल्जेरियाले युगाण्डालाई २-१ ले पराजित गर्दै समूह शीर्ष स्थानमा रह्यो।
यी नतिजासँगै आइभोरी कोस्ट, सेनेगल र दक्षिण अफ्रिकाले फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेका हुन्।
प्रतिक्रिया 4