+
+
Shares

हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आएको बताएका छन्।
  • महासचिव पोखरेलले समस्या पहिचान भए पनि समयमा समाधान नगर्दा पार्टी र देशलाई क्षति पुगेको बताए।
  • अघिल्लो केन्द्रीय कमिटी बैठकमा युवा शक्ति र भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको निश्कर्ष निकालिएको उनले स्मरण गराउनुभयो।

२९ असोज, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका छन् ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्‍याएको बताए ।

‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन-जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निश्कर्ष निकालेका थियौं, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो। र, त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्‍यायो,’ उनले भने।

महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निश्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?