+

अस्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने !

२०८२ असोज  २९ गते १४:४५ २०८२ असोज २९ गते १४:४५
अस्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने !

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग २०२५ मा लुम्बिनी लायन्सबाट खेल्ने बुझिएको छ।
  • लुम्बिनी लायन्सले सामाजिक सञ्जालमा अस्ट्रेलिया, राजस्थान रोयल्स र होबार्ट हुरिकेन्सबाट खेलेको खेलाडी डार्शी शर्ट भएको संकेत दिएको छ।
  • सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका क्रिस लिन र विराटनगर किङ्सले स्कटल्यान्डका जर्ज मन्सेलालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।

२९ असोज, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्टले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लुम्बिनी लायन्सबाट खेल्ने बुझिएको छ ।

लुम्बिनीले सामाजिक सञ्जालमा एक फोटो राखेर अस्ट्रेलिया, राजस्थान रोयल्स र होबार्ट हुरिकेन्सबाट खेलेको खेलाडी भनेर संकेत दिएको छ । साथै क्याप्सनमा शर्ट भन्ने शब्द पनि प्रयोग गरिएको छ ।

शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् ।

यसको आधारमा अस्ट्रेलिया, राजस्थान र होबार्टबाट खेलेका खेलाडी डार्शी शर्ट भन्ने बुझिन्छ । यसबारेमा टिमले केही दिनमा आधिकारिक रूपमा घोषणा गर्नेछ ।

हालसम्म सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका क्रिस लिनलाई टिममा अनुबन्ध गरेको छ भने विराटनगर किङ्सले स्कटल्यान्डका जर्ज मन्सेलाई विदेशी खेलाडीका रूपमा घोषणा गरिसकेको छ ।

डार्शी शर्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय