
News Summary
Generated by OK AI. Editorially reviewed.- उपल्लो मुस्ताङमा पर्यटकमा उचाइ, अत्यधिक चिसो र सीमित स्रोतसाधनका कारण स्वास्थ्य समस्या देखिन थालेको छ।
- लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सतकर्ताका लागि एडभाइजरी जारी गरेको छ।
- गाउँपालिकाले जटिल अवस्थाका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोम ल्याउने गरेको छ।
२९ असोज, काठमाडौं । उपल्लो मुस्ताङमा घुमफिरमा जाने पर्यटकमा उचाइ, अत्यधिक चिसो र सीमित स्रोतसाधनका कारण समस्या देखिन थालेको छ ।
पर्यटकमा लोक लाग्ने समस्या दोहोरिएपछि लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सतकर्ताका लागि एडभाइजरी जारी गरेको छ ।
समस्यामा परेका पर्यटकलाई सेवा प्रदान गरिरहे पनि सीमित स्रोतसाधनका कारण समस्या भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले जटिल अवस्थाका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोम ल्याउने गरेको छ ।
यस्तो छ गाउँपालिकाको एडभाइजरी
– उपल्लो मुस्ताङ यात्रा गर्नुअघि आफ्नो स्वास्थ्यबारे विचार गर्नुहोस् । हृदयाघात, मधुमेह, उच्च रक्तचाप, फोक्सोको रोग भएका व्यक्तिले डाक्टरको सल्लाहविना यात्रा गर्नु हुँदैन ।
– हावा, चिसो र तिखो घामबाट जोगिन बाक्लो ज्याकेट, थर्मल लुगा, टोपी, चस्मा र जुत्तामोजा लगाउनुहोस् ।
– यात्रुले खाली पेट यात्रा नगर्नुहोस्, प्रशस्त खाना र खाजा सेवन गरेर मात्र यात्रा गर्नुहोस् ।
–उचाइमा शरीरलाई पानीको आवश्यकता धेरै बढी हुन्छ, दिनमा कम्तीमा ३/४ लिटर पानी वा तरल पदार्थ सेवन गर्नुहोस्, यात्राका क्रममा धुमपान र मद्यपान (अल्कोहल) सेवन नगर्नुहोस् ।
– प्लास्टिकका बोतल तथा अन्य फोहोर जथाभावी नफाल्नुहोस् ।
– स्थानीयवासिन्दाको संस्कृति, रीतिरिवाज, धार्मिक स्थलको सम्मान गर्नुहोस् ।
प्रतिक्रिया 4