+
+
Shares

नयाँ मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा तनाव, सेनाको सुरक्षा

दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश  प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना सुरक्षाका लागि खटिएका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ असोज २९ गते १७:४१

२९ असोज, जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा समूहले आ-आफ्नो दाबी पेस गरेपछि प्रदेश प्रमुख कार्यालयमा अहिले तनाव बढेको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेस गरेका दुवै पक्ष  प्रदेश प्रमुख कार्यालय पुगेपछि तनाव बढेको हो ।

दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश  प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना सुरक्षाका लागि खटिएका छन् ।

बुधबार बिहान सुरुमा लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५७ सांसदको दाबी पेस गरेका थिए ।

त्यस लगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमाले र जनमतका सांसदहरूको हस्ताक्षर सहित ५८ सांसदकको दाबी पेस गरेका थिए । मधेशमा जनमतका १३ सांसद छन् ।

तर आजै निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह निर्वाचन कार्यालय पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।

सिंह र साह नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय जाने क्रममा जनमतका नेता तथा कार्यकर्ताहरूले अवरोध गरेपछि झडप समेत भएको थियो ।

जनमतले आज प्रदेश प्रमुख कार्यालयमा एउटा पत्र बुझाउँदै आफूहरूको समर्थन सोनाललाई रहेको बताएको थियो । त्यस विषयमा प्रदेश प्रमुख कार्यालयले पनि जानकारी गराएको छ ।

मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर अहिले प्रदेश प्रमुख कार्यालयमा दुवै पक्षबीच छलफल जारी रहेको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जानकारी दिए।

जनमतका सांसदहरूलाई भौतिक रूपमै उपस्थित उपस्थित भएर कुन पक्षमा समर्थन  गर्ने हो भन्ने बारे बुझ्ने तयारी प्रदेश प्रमुखले गरिरहेको कार्यालय स्रोतले जनाएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?