+

एएफसी यू-१७ महिला एसियन कप छनोट : तुर्कमेनिस्तानसँग बराबरीमा रोकियो नेपाल

२०८२ असोज  २९ गते १९:१९ २०८२ असोज २९ गते १९:१९
एएफसी यू-१७ महिला एसियन कप छनोट : तुर्कमेनिस्तानसँग बराबरीमा रोकियो नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको छ।
  • थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७-० ले पराजित गरेको छ र समूहको शीर्ष स्थानमा छ।
  • नेपालले अन्तिम चरणमा पुग्न थाइल्याण्डलाई हराउनैपर्नेछ र दोस्रो खेल शुक्रबार खेल्नेछ।

२९ असोज, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

समूह एफ अन्तर्गत थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल र तुर्कमेनिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।

पहिलो खेलमा बराबरीमा रोकिएपछि नेपालको अन्तिम चरणमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । खेलमा नेपालले गोल गर्ने पर्याप्त अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।

नेपालको आक्रमणमा तुर्कमेनिस्तानकि गोलकिपर एलनुरा माक्सयुतोभा बाधक बनिन् ।

नेपालले समूहको दोस्रो खेल थाइल्याण्डसँग शुक्रबार खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

थाइल्याण्ड ३ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १ अंक जोडेर दोस्रोमा छ ।

दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको १ अंक मात्र छ छनोटबाट बाहिरिसकेको छ । नेपालले अन्तिम चरणमा स्थान बनाउन थाइल्याण्डलाई हराउनैपर्नेछ ।

एएफसी यू-१७ महिला एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय