+
+
Shares

साउदीमा रहँदा तपाईंले के गर्ने ? यस्तो छ सचेतनामूलक सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियादस्थित नेपाली राजदूतावासले साउदी अरबमा रहेका नेपाली श्रमिकका लागि सचेतनामूलक हाते पुस्तक प्रकाशन गरेको छ।
  • हाते पुस्तकमा राहदानी नवीकरण, कन्सुलर सेवा, पुनः श्रम स्वीकृति, सामाजिक सुरक्षा र अब्सेरसम्बन्धी विस्तृत जानकारी समावेश गरिएको छ।
  • नेपालीले कम्पनीको नाम, सम्पर्क नम्बर, दर्ता नम्बर म्यानपावर कम्पनीबाट लिएर सुरक्षित राख्न र पासपोर्ट, भिसा पेजको डिजिटल प्रति परिवारलाई पठाउनुपर्ने दूतावासले अनुरोध गरेको छ।

३० असोज, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपालीले ध्यान दिनुपर्ने विषयमा सचेतनामूलक हाते पुस्तक प्रकाशनमा ल्याइएको छ । रियादस्थित नेपाली राजदूतावासले साउदीमा रहँदा ध्यान दिनुपर्ने विषय तथा जानकारी सम्बन्धी सचेतनामूलक हाते पुस्तक तयार पारेको हो ।

उक्त हाते पुस्तकमा साउदीमा बस्ने नेपाली श्रमिकहरूले जान्नुपर्ने विषयहरू, गर्न हुने/नहुने काम, राहदानी नवीकरण सम्बन्धीको जानकारी, कन्सुलर सेवा सम्बन्धी जानकारी, पुनः श्रम स्वीकृति सम्बन्धी जानकारी, सामाजिक सुरक्षा, अब्सेर सम्बन्धी जानकारी लगायतका विषयमा विस्तृत जानकारी पाउन सक्छन् ।

साउदीमा रहेका नेपालीले जान्नुपर्ने विषयहरूमा नेपालबाट आउँदा आफू आउने कम्पनीको नाम, सम्पर्क नम्बर, लोकेशन, कम्पनीको दर्ता नम्बर अनिवार्य रूपमा म्यानपावर कम्पनीबाट लिएर आफूले सुरक्षित राख्ने तथा परिवारका सदस्यलाई समेत सुरक्षित राख्न लगाउनुपर्नेछ ।

आफ्नो पासपोर्ट, भिसा पेज, वोर्डर नम्बर, अकमाको फोटो राम्रोसँग फोटो खिचेर सुरक्षित राख्नुपर्छ । यसको डिजिटल प्रति नेपालमा परिवार सदस्यलाई पठाउन दूतावासले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?