+
+
Shares

निर्वाचन हुनेमा शंका छ : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १२:२०

३० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् । निर्वाचन आयोगले बिहीवार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए । सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको उनको आरोप छ ।

‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । र निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । निर्वाचनको आह्वान, निर्वाचनको मिति तोकेर निर्वाचनको आह्वान गरेको छ सरकारले हो,’ गुरुङले भने, ‘सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ ।’

सरकार राजनितिक दलहरूको विरुद्धमा लागिरहेको जिकिर गर्दै सरकारले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडी बढाएको उनको भनाइ छ ।

‘सरकारले शान्ति सुरक्षा लगायतका निर्वाचन भयमुक्त रहित वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनको लागि भूमिका निर्वाह गर्नुपर्छ । सरकारले दलहरूसँग पनि सबैसँग संवाद गर्दै सबैलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनपर्छ,’ उनले भनेका छन् ।

गुरुङले थप भने, ‘राजनितिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनासहित जसरी सरकारको काम कारबाही अगाडी बढिरहेको छ । त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?