+
+
Shares

कानुन संशोधन गरेर भए पनि सहकारी ठगलाई कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १५:५८

३० असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गरेकी थिइन् ।

सो छलफलमा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हातमा छाड्न नहुने बताइन् ।

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’

अहिलेकै सरकारले यो समस्या समाधान नगरे अरु कसैले पनि नगर्ने उनको भनाइ थियो । सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ थियो ।

‘हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडित चाहीँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्यो चाहीँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुन हुँदैन,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?