+
+
Shares

देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔं : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १६:०२

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुक अप्ठेरो परिस्थितिमा रहेको भन्दै जनपक्षीय शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने बताएका छन् ।

जेनजी पुस्ताको विद्रोहको मर्म र भावलाई आत्मसात् गर्दै देशभक्त र सुशासनका लागि जनपक्षीय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, नेपाली जनताको सम्प्रभुता, राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

श्रेष्ठले पछिल्ला दिनमा युवापुस्ता, विशेषगरी जेनजी पुस्ताले उठाएको प्रश्न र असन्तुष्टिको भावना राजनीतिक दलले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

नयाँ चेतना र नयाँ आवश्यकता अनुसारको एकतामार्फत मात्रै देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?