News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन्।
- अजित मगरले के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिएका छन्।
- नेपालका अजित मगर र उमङ्ग खत्रीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिने बताएका छन्।
३१ असोज, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन् ।
उदयपुर गाईघाटका मगरले यस प्रतियोगितामा के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिएका छन् ।
मगर ललितपुर बक्सिङ एकेडेमीसँग प्रशिक्षण लिँदै आएका छन् ।
अजित मगरले क्वार्टरफाइनलमा स्पेनी खेलाडीबाट बाई पाएका दिए। र सेमिफाइनलमा उनी अष्ट्रेलियाली खेलाडीसँग अंकमा हारे । सेमिफाइनलमा पराजित भएपछि नेपालका लागि एवाईएस विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्ने पहिलो नेपाली खेलाडी बनेको बस्नेतले जानकारी दिए ।
नेपालका उमङ्ग खत्रीले पनि ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिता सम्पन्न भएपछि दुवै खेलाडीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिने बताएका छन् ।
प्रतिक्रिया 4