+
+
WC Series
Nepal
165/4 (17.3)
VS
Samoa
0/0
Shares

तिहार बिदामा खुलै रहनेछन् आयल निगमका यी डिपो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुला राख्ने सूचना जारी गरेको छ।
  • कोशी प्रादेशिक कार्यालय विराटनगर ४ र ७ कात्तिक, मधेश प्रदेश कार्यालय अमलेखगन्ज ३, ४ र ८ गते खुला रहने निगमले जनाएको छ।
  • बागमती, गण्डकी, भैरहवा, सुर्खेत, धनगढी, चारआली, धनुषा, नेपालगन्ज, वीरगन्ज, दाङ र दिपायलका डिपोहरू पनि विभिन्न मितिमा खुला रहने छन्।

३१ असोज, काठमाडौं । नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुलै राख्ने भएको छ ।

निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । ६ कात्तिकका दिन यस वर्ष भाइटिका परेको छ । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर ४ र ७ कात्तिकका दिन खुला हुने भएको छ । मधेश प्रदेश कार्यालय अमलेखगन्ज ३, ४ र ८ गते खुलै रहने निगमले जनाएको छ ।

बागमती प्रादेशिक कार्यालय थानकोट ४ र ७ कात्तिकका दिन खुला रहने छ । गण्डकी प्रादेशिक कार्यालय पोखरा ३, ५ र ८ गते खुलै रहने छ । भैरहवा ३, ४ र ८ गते, सुर्खेत ४ र ७ गते, धनगढी डिपो ४ र ७ गतेका दिन खुलै रहने छन् ।

निगमका अनुसार चारआली ७ र ८ कात्तिक, धनुषा ५ र ७, नेपालगन्ज ४ र ८, वीरगन्ज ३, ४ र ८, दाङ ४ र ८ तथा दिपायल डिपो ८ कात्तिकका दिन खुला रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?