+

विश्वकपमा भारत र अस्ट्रेलियासँग खेल्ने रोहितको चाहना

२०८२ कात्तिक  १ गते ९:१३ २०८२ कात्तिक १ गते ९:१३
विश्वकपमा भारत र अस्ट्रेलियासँग खेल्ने रोहितको चाहना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना व्यक्त गर्नुभयो।
  • रोहितले विश्वकप छनोट यात्रामा टिम अफिसियल, प्रशिक्षक र खेलाडीलाई धन्यवाद दिनु भएको छ र सबैको योगदानप्रति गर्व व्यक्त गर्नुभयो।
  • नेपालले एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित रहँदै उपाधि जितेको छ र भारतमा धेरै समर्थकहरूले नेपालको खेल हेर्ने विश्वास छ।

१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना रहेको बताएका छन् ।

शुक्रबार सामोआसँगको खेल जितेपछि कुरा गर्दै रोहितले विश्वकपमा उच्चस्तरीय टिमसँग भेट हुने र राम्रो खेल्ने बताएका हुन् । ‘अब विश्वकप भारतमै हुने भएकाले भारतसँगै खेल्ने चाहना छ, अनि अस्ट्रेलियासँग पनि’ उनले भने, ‘ इंग्ल्यान्डले पनि राम्रो गरेको छ । राम्रो टिमसँग खेल्न पाइनेछ।’

नेपालले भारतसँग १-१ पटक एकदिवसीय र टी-२०आई खेलिसकेको छ । अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसँग भने नेपालले खेल्न बाँकी छ जुन अवसर यो विश्वकपमा जुर्न सक्छ ।

रोहितले विश्वकप छनोटको यात्रामा सारथी बनेका टिम अफिसियलदेखि प्रशिक्षक र खेलाडीलाई पनि धन्यवाद दिएका छन् । ‘सबैजनाले आ-आफ्नो ठाउँबाट योगदान दिएका छन् । सबै खेलाडीहरूको प्रदर्शनप्रति गर्व छ, टिम अफिसियलहरूले पनि धेरै साथ दिनुभएको छ’ उनले भने ।

साथै रोहितले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र दर्शकहरूलाई पनि धन्यवाद दिए । भारतमा धेरै समर्थकहरू पुगेर नेपालको खेल हेर्ने पनि उनले विश्वास लिएका छन् ।

नेपालले एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित रहेर उपाधि नै जितेको छ ।

नेपाली क्रिकेट टोली रोहित पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय