News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले प्रिमियर लिगमा फुलहमलाई १-० ले पराजित गर्दै शीर्ष स्थान कायम राखेको छ।
- लिएन्ड्रो ट्रोसार्डले ५८औं मिनेटमा एक मात्र गोल गरेपछि आर्सनलले जित हासिल गरेको हो।
- आर्सनलले ८ खेलबाट १९ अंक जोडेको छ भने म्यानचेष्टर सिटी १६ अंकसहित दोस्रो स्थानमा छ।
२ कात्तिक, काठमाडौं । लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल मद्तमा आर्सनलले प्रिमियर लिगमा गएराती फुलहमलाई १-० ले पराजित गरेको छ । यो जितपछि आर्सनल शीर्ष स्थानमा कायम छ ।
म्यानचेष्टर सिटीले एभरटनलाई हराएर केही समयका लागि शीर्ष स्थानमा पुगेपनि आर्सनल जितसहित शीर्ष स्थानमै रहेको हो ।
फुलहममा भएको खेलमा आर्सनलका लागि ट्रोसार्डले ५८औं मिनेटमा गोल गरेका थिए ।
जितपछि आर्सनलले ८ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट सिटी १६ अंकसहित दोस्रोमा छ । ७ खेल खेलेको लिभरपुल १५ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुलले आज म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ र यो खेल जित्दै दोस्रो स्थानमा पुग्ने अवसर छ ।
प्रतिक्रिया 4