+
+
Shares

मोहन वैद्यले नेतृत्व छोडे,‍ सीपी गजुरेललाई महासचिवको जिम्मा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले स्वास्थ्य कारणले पदबाट स्वैच्छिक राजीनामा दिएका छन्।
  • पार्टीले मोहन वैद्यको स्थानमा सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ।
  • मोहन वैद्यले २०६९ सालमा नेकपा-माओवादी गठन गरेका थिए र २०८१ मंसिरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए।

२ असोज, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।

८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।

‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’  गजुरेलले अनलाइनखबरसँग भने ।

पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा- माओवादी’ बनेको थियो ।

२०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?