News Summary
Generated by OK AI. Editorially reviewed.- पाकडी प्यान्थर्सले देवदह प्रिमियर लिग क्रिकेटको फाइनलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै डिपिएल दोस्रो सिजनको उपाधि रक्षा गरेको छ।
- फाइनल खेलमा सुरज चौधरीले ५४ बलमा ५७ रन बनाएर प्लेयर अफ दि म्याच घोषित भएका छन् भने बैजनाथ यादवले ४ विकेट लिए।
- लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुल मन्त्री सन्तोष कुमार पाण्डेले विजेता र उपविजेता टिमलाई पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरेका छन्।
२ कात्तिक, देवदह । देवदह प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधि पाकडी प्यान्थर्सले जीतेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले डिपिएल दास्रो सिजनको उपाधि रक्षा गरेको हो । पाकडी डिपिएल पहिलो सिजनको समेत विजेता टिम हो ।
शुक्रबारको फाइनल खेलमा टस जितेर टटेराले दिएको ब्याटिङको निम्तोलाई स्वीकार्दै पाकडीले मात्र ३ विकेटको क्षतिमा १३४ रन बनायो । पाकडीका लागि सुरज चौधरीले ५४ बलमा ५७ रन प्रहार गरे । यस्तै रोसन गौतमले २५ रन, सागर काफ्लेले २० रन तथा निश्चल ज्ञवालीले १८ नटआउट रहे । टटेराको लागि डेभिड थापा र एजाज अहमदले ११ विकेट लिए ।
जवाफमा १३५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेरा २० ओभरको समाप्तीमा ९ विकेटको क्षतिमा १११ रनमा समेटिएपछि खेल पाकडीले जितेको हो । टटेराको लागि सुरज सारुले ४६, रमेश राईले २० विभेस खातीले १६ तथा जितेन्द्र आरकले १४ रनको योगदान दिएपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन ।
टटेरालाई जितबाट रोक्नको लागि पाकडीका बैजनाथ यादवले ४ विकेट, निश्चल ज्ञवालीले ३ तथा रोशन गौतमले २ विकेटको योगदान गरे । खेलमा सुरज चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।
लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुल मन्त्री सन्तोष कुमार पाण्डेले एक समारोहका बिच विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरे ।
प्रतियोगितामा विजेता बनेसँगै प्रथम हुने पाकडीले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टटेराले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने पाकडीका कप्तान प्रकाश भण्डारी प्लेयर अफ दि सिरिज घोषित भए । त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै २०४ रन जोड्ने टटेरा डाइनामाइटका डेभिड थापा उत्कृष्ट ब्याट्सम्यान बने । यस्तै प्रतियोगितामा सबैभन्दा धेरै १६ विकेट लिने टटेराकै विभेस खाती उत्कृष्ट बलर बन्न सफल भए ।
समापन समारोहमा सामाजिक विकास मन्त्री पाण्डे, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री लगाएतले बोल्दै खेलले युवाहरुमा अनुशासनको पाठ सिकाउने भन्दै खेलप्रति अग्रसर हुन आग्रह गरे ।
प्रतिक्रिया 4