+

एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ कात्तिक  २ गते १३:२६ २०८२ कात्तिक २ गते १३:२६
एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बहराइनमा कात्तिक ५ देखि १४ गतेसम्म हुने तेस्रो एसियाली युथ गेम्समा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
  • ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
  • राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका छन् ।

२ कात्तिक, काठमाडौं । बहराइनमा हुने तेस्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ ।

ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ । गल्फका रुवेन विदेशमा रहेकाले त्यतैबाट बहराइन जाने छन् ।

एसियाली युथ गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय