
फाइल तस्वीर
२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गतको एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेकपाले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।
पार्टीले “नयाँ आर्थिक मार्ग” अन्तर्गत आत्मनिरभर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै बढेको जनाएको छ ।
‘यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको छ भने हिउँदे बाली उत्पादनलाई व्यवस्थित गर्ने निर्णय लिएको छ । परिस्थितिले साथ दिएमा कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4