+
+
Shares

शोभित बस्नेत निर्देशित ‘पीआर’ २६ मंसिरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शोभित बस्नेत निर्देशित फिल्म 'पीआर'को प्रदर्शन मिति २६ मंसिरमा तय भएको छ।
  • फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर लगायत कलाकारको अभिनय छ।
  • फिल्मले प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको कथा समेटेर नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको छ।

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म २६ मंसिरमा रिलिज हुने जनाइएको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायलको अभिनय छ ।

फिल्ममा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथा समेटिएको छ । प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता छन् ।

नेपाल र अस्ट्रेलियामा छायांनक गरिएको फिल्मबाट दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश पाउने बताए ।

उनले यो फिल्मलाई नेपालको कथा, नेपाली युवाको सपना र संघर्षका रूपमा दर्शकसामु ल्याउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?