News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया–पेसिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन्।
- राहुल विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दुबई प्रस्थानअघि बिदाइ गरेका छन्।
- एसिया–पेसिफिक एमेच्योर च्याम्पियनसिपको विजेताले द मास्टर्स र द ओपन च्याम्पियनसिपमा स्थान पक्का गर्ने छन्।
२ कात्तिक, काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया–पेसिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् ।
दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई प्रस्थान गर्ने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
अमेरिकामा उच्च अध्ययनसँगै एनसीएए डिभिजन वान खेलिरहेका सदभाव त्यत्तैबाट दुबई जाने छन् ।
सदभाव र राहुल दुवैले प्रतियोगिताअघि दुई अभ्यास राउन्ड खेल्ने छन् । उक्त च्याम्पियनसिपमा एसिया–पेसिफिक क्षेत्रका उत्कृष्ट एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यो प्रतियोगितामा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सुबाष तामाङ हुन् । उनले २०२२ मा कट बनाएका थिए । उनी बाहेक अन्य नेपाली गल्फ खेलाडीले कट बनाउन सकेका छैनन् ।
यो पटक सदभावले अमेरिकाको अनुभव र राहुलले पनि भारतको तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेर तयारी गरेकाले उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ नेपाल गल्फ संघले जनाएको छ ।
एसिया–पेसिफिक एमेच्योर च्याम्पियनसिपको विजेताले द मास्टर्स प्रतियोगिता र द ओपन च्याम्पियनसिपमा स्थान पक्का गर्ने छन् ।
प्रतिक्रिया 4