+
+
Shares

हङकङमा विमान दुर्घटना, रनवेबाट चिप्लिएर समुद्रमा खस्यो

विमानमा सवार चालक दलका चार सदस्यहरूको जीवितै उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते ९:२१

३ कात्तिक, काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

बीबीसीले स्थानीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारको हवाला दिँदै दुर्घटनामा मृत्यु भएका उनीहरू दुवै जना ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी) थिए ।

विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खसेको बीबीसीमा समाचार छ ।

विमानमा सवार चालक दलका चार सदस्यहरूको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको बताइएको छ ।

एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्कीको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७४७–४८१ विमान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?