+
+
Shares

उत्तरपुस्तिका जलेको ठाउँमा परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ : मन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १४:१६

३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुन: परीक्षा गर्न खर्चिलो हुने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तरपुस्तिका जलेका छन् ।

‘आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ,’ मन्त्री पुनले भने ।

विभिन्न प्रदेश र जिल्लाका उत्तरपुस्तिकाबारे बुझ्ने क्रम जारी रहेको पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?