
News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका कराची र इस्लामाबादमा गोलभेडाको मूल्य थोकमा ५०० देखि ५५० रुपैयाँ प्रतिकिलो पुगेको छ।
- खुद्रा बजारमा गोलभेडाको मूल्य ६०० देखि ७०० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।
- अफगानिस्तान र इरानबाट आपूर्तिमा अवरोध, वर्षा र बाढीले बालीमा क्षति र बलुचिस्तानमा खेती घट्नु मूल्य वृद्धिका मुख्य कारण हुन्।
३ कात्तिक, काठमाडौं । पाकिस्तानका विभिन्न शहरहरूमा गोलभेडाको मूल्य ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।
कराची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीहरूका अनुसार आइतबार रात कराचीमा गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा ५०० रुपैयाँसम्म पुगेको थियो।
कराची र इस्लामाबादका खुद्रा बजारमा गोलभेडाको मूल्य ६०० देखि ७०० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।
बीबीसीले स्थानीय व्यापारीहरूलाई उद्धृत गर्दै लेखे अनुसार, गोलभेडाको मूल्य चुलिनुका पछाडि धेरै कारण छन् । यीमध्ये अफगानिस्तान र इरानबाट आपूर्तिमा आएको अवरोध, वर्षा र बाढीका कारण बालीमा भएको क्षति र बलुचिस्तानमा खेती घट्नु मुख्य कारण रहेका हुन् ।
उनीहरूका अनुसार, पञ्जाबमा आएको बाढीका कारण अन्य तरकारीहरूको मूल्य पनि बढेको छ र अहिले मूल्य घट्ने सम्भावना कम देखिन्छ।
प्रतिक्रिया 4