
४, कात्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिका-१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राति करिब २ बजेको समयमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर-२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही ठाँउका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल मै राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4